सात महिनामा ४ लाख नेपाली बिदेसिए

सात महिनामा ४ लाख नेपाली बिदेसिए


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पछिल्लो सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि बिदेस गएका छन । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५५८ जना नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ । त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन् ।

३ लाख ५९ हजार ८१२ पुरुषहरू र ४५ हजार ७४६ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । यही समयमा गत आर्थिक वर्ष २०७९/०८० मा भने ४ लाख ७८ हजार ८३० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्मा उल्लेख गरीएको छ ।

तथ्याङ्क अनुसार साउन महिनामा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघ महिनामा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङकमा उल्लेख गरीएको छ ।