नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नाराका साथ महासमिति बैठक सम्पन्न गर्ने भएको छ ।

फागुन ७ देखि १० गतेसम्म ललिपुरको गोदावारीमा महासमिति बैठक हुनेछ । बैठकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बुधबार पार्टी मुख्य कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेस हुने विश्वकर्माले बताए ।

उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर स्वास्थ्य शिविर रहने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको विश्वकर्माले जानकारी दिए ।