अमेरिकाको केनसासमा बन्दुक आक्रमणः एक जनाको मृत्यु, १५ गम्भीर घाइते

अमेरिकाको केनसासमा बन्दुक आक्रमणः एक जनाको मृत्यु, १५ गम्भीर घाइते


ग्लोब नेपाल
54
Shares

अमेरिकाको केनसास शहरको युनियन स्टेसनमा भएको बन्दुक आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुपर बाउल प्रतियोगितामा केन्सास शहरका प्रमुखहरुको विजय उत्सव मनाउन आयोजित परेडपछि सो गोलीकाण्ड भएको बताइएको छ ।

गोलीकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई संदिग्घलाई पक्राउ गरेको छ । यस विषयमा थप विवरण भने दिइएको छैन । केनसासको गोलीकाण्ड आतंकवादसँग सम्बन्धित नभएको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोलीकाण्डबाट २२ जना प्रभावित भएका छन् ।

एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने ८ जना घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेको र तत्कालै ज्यानै जानसक्ने अवस्था रहेको छ । त्यस्तै अन्य ७ जनाको पनि अवस्था गम्भीर रहेको बताइएको छ । अन्यलाई भने सामान्य चोट लागेको छ । घाइते मध्ये ११ जना बालबालिका समेत रहेका छन् ।