ललितले दिलाए नेपाललाई पहिलो सफलता

ललितले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडाैं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।

नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।