फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछिपरेको हो : प्रभु साह

फिरंगी नेता नेतृत्वमा पुग्दा रौतहट पछिपरेको हो : प्रभु साह



 रौतहट । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरू नेतृत्वमा पुग्दा पनि रौतहट समग्र विकासमा पछाडी परेको टिप्पणी गरेका छन् । सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुकै कारण जिल्ला पछी परेको उनले टिप्पणी गरेका हुन् । 

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई  सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए । २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन, राजतन्त्र बिरुद्दको  आन्दोलनमा समेत रौतहटको भुमिका महत्वपुण तथा अग्रणी रहेको भन्दै जिल्लाबासीको सराहना गरेका थिए ।

तर पछिल्लो समय  केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण पनी जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भईरहेको अध्यक्ष साहले दुःख व्यक्त गरेका थिए ।

उनले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रति आक्रोस व्यक्त गर्दै देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडी पर्नु फिरंगीपनको पहिचान भएको बताए ।

पूर्वकाल देखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल, मधेशबादिको नाम बेचेर मधेश लुट्ने उपेन्द्र यादव रहेको उनको दाबी छ ।

‘संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सता चलाएको छ अहिले पनि तर यत्रो बर्षमा मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिन्छ,’ उनले भने ।

नेता नेपाल र  यादव सधैं सत्ता कुर्सीको लागी देश जनताको साथ गद्दारी गर्दै आएको आरोप लगाएका थिए । इनकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताउँदै नेता साहले ईनीहरुलाई मधेशी जनताले लखेट्नु पर्ने बताएका थिए । गौर हत्याकाण्डमा अहिले सम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाएका थिए ।

यस अघि प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्ड बारे चासो लिँदा केही दलका नेताहरुले सरकार छोड्ने धम्की दिएको सम्झना गरेका थिए ।

कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए ।