मधेसका मुख्यमन्त्री यादवले आइतबार तेस्राे पटक विश्वासकाे मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आइतबार तेस्राे पटक विश्वासकाे मत लिँदै



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पर्सि आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

सरकारमा रहेको जनमत पार्टी गएको माघ ९ गते सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एक सय सात सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन चाहिन्छ । अहिले जनता समाजवादी पार्टी नेतृत्वमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा मधेश प्रदेशको सरकारमा छन् ।

आज काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति भएको छ ।