नेदरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, सोमपाललाई पहिलो ओभरमै विकेट

नेदरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, सोमपाललाई पहिलो ओभरमै विकेट


ग्लोब नेपाल
216
Shares

काठमाडौं । आइसीसी अन्तर्राष्ट्रिय विश्वकप लिग-२ क्रिकेट अन्तरगत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज दोस्रो खेल नेदरल्यान्डविरुद्ध खेल्दैछ । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालका ओपनर बलर सोमपाल कामीले पहिलो पहिलो ओभरमा विकेट लिएका छन् । उनले नेदरल्यान्डका ओपनर ब्याट्सम्यान माइकल लिभिटको विकेट लिएका हुन् ।

नामिबिया र नेदरल्याण्ड्स सहितको त्रिदेशीय शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नामिबियासंग चार विकेटले पराजित भएको थियो । पहिलो खेल हारेकोले आजको खेलमा जित दर्ता गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै छ । पहिलो खेलमा टोलीमा नभएका दिपेन्द्रसिंह ऐरी पनि उपस्थित छन् । त्रिकोणात्मक शृङ्खलामा सहभागी सबै तीन टोलीले एक अर्कासँग दुई-दुई खेल खेल्ने तालिका रहेको छ ।

आजको खे पछि सोमबार हुने तेस्रो खेलमा दुई पाहुना टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी आगामी बुधवार नेपालले पुनः नामिबियासँग खेल्नेछ भने अर्को आइतबार नेदरल्याण्डसँग दोस्रो खेल खेल्ने तालिका छ ।