कांग्रेसको प्रतिवेदनमा गठबन्धनको छायाँ : कोइराला

कांग्रेसको प्रतिवेदनमा गठबन्धनको छायाँ : कोइराला


ग्लोब नेपाल
432
Shares

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले महासमिति बैठकमा पेश गर्न तयार पारिएको राजनीतिक प्रस्तावमा सत्ता गठबन्धनको छायाँ देखिएको टिप्पणी गरेका छन् । बिपी अध्ययन प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित चियापानमा कोइरालाले प्रस्ताव परिमार्जन गरिनुपर्ने माग गरे ।

केन्द्रीय समितिमा छलफलका लागि पेश भएको महासमितिको प्रस्तावमा काँग्रेसको मौलिकतामा आँच आउने विषय उल्लेख गरिएको आरोप कोइरालाले लगाए । यसपटकको महासमिति बैठकमा आफूले यसअघिको भन्दा धेरै चुनौती देखेको उनको भनाइ थियो । ‘महासमितिमा पेश गर्न तयार पारिएको प्रस्तावमा गठबन्धनको छायाँ देखेर मलाई चिन्ता लागेको छ’, कोइरालाले भने ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पारेका छन् ।