मधेसी युवामाथि साम्प्रदायिक गाली गर्ने नक्कली डिएसपी पक्राउ

मधेसी युवामाथि साम्प्रदायिक गाली गर्ने नक्कली डिएसपी पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मधेसी युवालाई अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चुनदेवीका प्रवीण श्रेष्ठ छन् । श्रेष्ठले लाजिम्पाटमा सार्वजनिक स्थालमा गाडीले ओभरटेक गरेको निहुँमा केही दिनअघि रातिको समयमा चालकमाथि साम्प्रदायिक र रंगभेदी गाली गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । श्रेष्ठले आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै गाडी चालक र सो गाडीमा सवार महिलामाथि गाली गरेको सुनिन्छ । यद्यपि गाडी चालक र महिलाले भने उनले अपशब्ल बोल्दा समेत श्रेष्ठलाई आदरार्थी शब्दले सम्बोधन गरेको सुन्न सकिन्छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले श्रेष्ठमाथि नैतिकताविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनले श्रेष्ठ प्रहरी कर्मचारी नभएको समेत स्पष्ट गरे ।