कांग्रेस महासमिति बैठकको बन्दसत्र आज

कांग्रेस महासमिति बैठकको बन्दसत्र आज

बिभिन्न राजनीतिक प्रस्ताव पेश हुँदै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा आज विभिन्न प्रस्तावहरु पेश हुँदैछन् । हिजो उद्घाटन भएको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस महासमिति बैठक हिजोदेखि ललितपुरको गोदाबरीमा सुरु भएको हो । पर्सी १० गतेसम्म चल्ने बैठकमा आजदेखि विभिन्न समूहमा रहेर विभिन्न प्रस्तावमाथि छलफल सुरु हुने सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकको हिजो उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको बताए ।