थापा नेपाली सेनाको रथीमा बढुवा

थापा नेपाली सेनाको रथीमा बढुवा



काठमाडौं । नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । 

रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन्। प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन् ।

रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत छन्। ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए ।