नगर स्वास्थ शाखा प्रमुखको हृदयघातका कारण मृत्यु 

नगर स्वास्थ शाखा प्रमुखको हृदयघातका कारण मृत्यु 


ग्लोब नेपाल
54
Shares

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।

गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो। 

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन्। 

उनको शव घरमै रहेको तथा आजै डाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ। उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।