नामिबियाविरुद्ध कप्तान रोहितले दिलाए नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध कप्तान रोहितले दिलाए नेपाललाई दोस्रो सफलता



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौँ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाएको हो ।

नामिबियाका जेपी कोट्जेलाई कप्तान रोहित पौडेलले बोल्ड गरे । जारी खेलको पाँच ओभर समाप्त हुँदा नामिबियाले दुई विकेट गुमाएर २२ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए । त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।