नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट



काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले चौथो विकेट गुमाएको छ । ८६ रनको स्थितीमा नामिबियाले जान फ्रानलिङ्कलाई गुमाएको हो ।

फ्रानलिङ्कलाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्लु धरापमा पारे । नामिबियाले १७।३ ओभरमा ४ विकेट गुमाएर ८६ रन जोडेको छ । कप्तान जेर्हार्ड इरासमस ३७ रनमा खेल्दैछन् ।

नेपालका कुशल मल्ल र रोहित पौडेलले पनि एक/एक विकेट लिएका छन् ।