मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौं आइपुग्यो

मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौं आइपुग्यो



काठमाडौं । मिटर ब्याजविरुद्ध न्याय मार्च काठमाडौं आइपुगेको छ । न्याय मार्च बुधबार २३ औँ दिनमा नागढुंगा–थानकोट हुँदै राजधानी आइपुगेको हो ।

तेस्रो चरण राजधानीमा मार्च गर्ने मिटरब्याज पीडितले बताएका छन् । न्याय मार्चको क्रममा २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेको हो ।

विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याजपीडितहरुले माघ १६ गते काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका थिए ।

मिटर ब्याज तथा ठगी किसान मजदुर सङ्घर्ष समितिको अगुवाइमा भएको मार्चका सहभागीहरुले खान र बस्नका लागि आवश्यक सामान बोकेरै पैदल यात्रा गरेका हुन् । पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गरेरै चितवन हुँदै काठमाडौं आइपुगेका हुन् ।

यात्रामा झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरीलगायतका मिटर ब्याजपीडितहरु सहभागी छन् ।