कांग्रेस महासमिति बैठकमा बेलायतबाट दुई ‘कीर्ते’ प्रतिनिधि

कांग्रेस महासमिति बैठकमा बेलायतबाट दुई ‘कीर्ते’ प्रतिनिधि


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । बिहीबार सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली जनसम्पर्क समिति बेलायतबाट दुईजना कीर्ते प्रतिनिधि सहभागी भएको रहस्य खुलेको छ । नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङका अनुसार नेपाली कांग्रेस महासमिति सदस्यमा नाम नभएका विज्ञान प्रसाईं र महेशकुमार दाहालले कीर्ते गरेर बैठकमा सहभागी भएका हुन् ।

महासमिति सदस्यमा नामै नभएका प्रसाईं र दाहालले पार्टी कार्यालयका कर्मचारीसँग मिलेर महासमिति सदस्यको परिचयपत्र बनाएर बैठक स्थलमा प्रवेश गरेको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, नेपाली जनसम्पर्क समिति यूकेले महासमिति बैठकमा सहभागी हुन ६ जनाको नाम मात्र सिफारिस गरेको छ ।

महासमिति सदस्यहरूमा विनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केशबहादुर गुरुङ रहेका छन् भने जनसम्पर्क समिति बेलायतका आफू पदेन रहेका गुरुङले बताए ।

के अब उनीहरुलाई कारबाही हुन्छ भन्ने ग्लोब नेपालको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘यस विषयमा छलफल हुन्छ, त्यसपछि के गर्ने भन्ने विषयमा हामी निष्कर्षमा पुग्छौं ।’