सिटिजन लाइफ इन्स्योरेन्सकाे एम्.डी.आर.टी कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सकाे एम्.डी.आर.टी कार्यक्रम सम्पन्न



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुइ दिनको “एम्.डी.आर.टी., २०२४ (Million Dollar Round Table)” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए ।

कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए, उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन् । उनले “संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गनुपर्छ” भन्ने प्रसँग जोडदै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नु पर्ने बताए । यस सगैं सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर; महजोडीद्वारा सिटिजन लिडरहरुलाई प्रेरणाका रुपमा “मान्छेलाई सँगत ले निकै आसर गर्छ र सिटिजन परिवार भित्र एक्दमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कलाई समाज को उन्नति र आफ्नो कार्य प्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको देखेको बाताए” ।

कार्यक्रममा, “एम्.डी.आर.टी” मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु (१९ जना एम्.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टि. (Court Of The Table) क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरियो ।

उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताउदै सो सभामा उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।