साम्बाको ५ गोलमा नेपालको शानदार जित

साम्बाको ५ गोलमा नेपालको शानदार जित



काठमाडौं । नेपालले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा शानदार जित निकालेको छ । बिहीबार सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ५ गोल गरेपछि समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५–० को प्रभावशाली जित निकालेको हो ।

नेपालकी स्टार साम्बाले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोश्रो हाफमा थप एक गोल गरेसँगै नेपालले इराक विरुद्ध ५–० गोलको जित निकालेको हो ।

साम्बाले खेलको १३ औं मिनेटमा सावित्राले नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६ औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिईन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथों गोल गरिन् ।

दोस्रो हाफको ८० औं मिनेटमा गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाईन् ।

जित सहित नेपाल सेमिफाइनल प्रवेशको नजिक छ । समूह बीमा रहेको नेपालले ६ अंक जोडेको छ । प्यालेस्टाईनको ३ अंक छ । सिरिया र इराक अंक विहीन छन् ।