मोरङमा लरी पल्टिएर तीन बालबालिकाको मृत्यु

मोरङमा लरी पल्टिएर तीन बालबालिकाको मृत्यु



विराटनगर । मोरङको बुढीगंगा सडकखण्डमा लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका–४ का ज्योति अधिकारीको चार वर्षीया छोरी इसिता, छोरा निशान्त र सञ्जु खवासकी आठ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ ।

कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान अधिकारीको घरनजिकै पल्टिएको थियो । लरी पल्टिएर च्यापिएका बालबालिकाको मृत्यु भएको मोरङका डीएसपी रंजनकुमार दाहालले जानकारी दिए ।