अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना पक्राउ

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना पक्राउ गरेकाे छ ।

सीआईबीले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई उपकरणसहित पक्राउ गरेको हो ।

उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएकाे छ ।