आजदेखि नारायणगढ–मुग्लिन सडक बन्द नहुने

आजदेखि नारायणगढ–मुग्लिन सडक बन्द नहुने


ग्लोब नेपाल
108
Shares

चितवन । पहाड काट्न दैनिक चार घण्टा बन्दै हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउन पहाड काट्नुपर्ने भएपछि गत पुसयता दैनिक दिउँसो चार घण्टा सडक बन्द हुँदै आएको थियो ।

पहाड काट्ने काम करिब सकिएकाले सडक बन्द नगर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अुनसार अब पहाड काट्न बढीमा दुई मिटर मात्र बाँकी छ । उक्त खोलामा ६० मिटर लम्बाइको पुल बन्दैछ । उक्त सडक खण्डमा पर्ने १९ मध्ये ८ वटा मुलको निर्माण सम्पन्न भइसकेका छन् ।