‘रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु’

‘रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु’


ग्लोब नेपाल
54
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका छन् ।

रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उनको भनाइ छ । रुसी सैन्य योजनालाई सहयोग पुर्‍याउने भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घाइतेको संख्या भने सार्वजनिक गरेनन् ।

सामान्यतया युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् । यसअघि आएका अन्य अनुमानहरूमा हताहत हुनेको संख्या धेरै बढी छ । युक्रेनी रक्षामन्त्रीले आधाभन्दा बढी पश्चिमी सहायता आउन ढिलाइ भइरहेको बताउँदै त्यसले सीमा सुरक्षा र जीवनरक्षामै असर पर्ने बताएपछि राष्ट्रपतिले तथ्यांक सार्वजनिक गरेका हुन् ।

रुसी राष्ट्रपति पुटिनले सार्वजनिक गरेको तथ्यांक सत्य नरहेको बताउँदै डेढ लाख वा ३ लाखको संख्यामा सैनिक मारिएको र घाइते भएको भन्ने विवरण सत्य नरहेको प्रप्ट पारे ।

आफ्ना लागि यही ३१ हजार सैनिकको मृत्यु पनि ठूलो क्षति भएको जेलेन्स्कीको भनाइ छ । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रमा हजारौं नागरिकको मृत्यु भएको तर वास्तविक संख्या भने थाहा नभएको बताए ।