राजेन्द्र महतोले छाडे लोसपा

राजेन्द्र महतोले छाडे लोसपा

‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरेका छन् । यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ छ । ‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए । तर, पार्टीले गति लिन नसकेको भन्दै उनले ठाकुरको आलोचना गर्दै आएका छन् ।