लघुवित्तका ऋणीहरू संसद् भवन परिसरबाट पक्राउ

लघुवित्तका ऋणीहरू संसद् भवन परिसरबाट पक्राउ



काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरू पक्राउ परेका छन् ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।

भित्रबाट बोलाएको भन्दै जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।