आगामी वर्ष थप सरकारी संस्थान निजीकरण गरिने: अर्थमन्त्री डा. महत

आगामी वर्ष थप सरकारी संस्थान निजीकरण गरिने: अर्थमन्त्री डा. महत


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने बताएका छन । पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन ।

उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा सार्वजनिक संस्थानलाई निजीकरण गरिने बताएका हुन । उनले भने, ‘त्यस्ता सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिनेछ ।’

उनले यसका साथै बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिने बताएका छन । उनले औद्योगिक क्षेत्रहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने तथा उद्योग सञ्चालनका लागि जग्गा पाउने प्रक्रियालाई सहजीकरण गरिने घोषणा पनि गरेका छन् ।

उनले मुलुकमा विदेशी लगानी भित्र्याउन सहज कानुनी व्यवस्था मिलाइने घोषणा गरेका छन् । निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाउन आवश्यक कानुनी पूर्वाधार बनाइने पनि उनले बताएका छन् ।