ठेक्काको म्याद थप, भुक्तानीका लागि सहज हुने

ठेक्काको म्याद थप, भुक्तानीका लागि सहज हुने


ग्लोब नेपाल
3.5k
Shares

काठमाडौं । सरकारले विकास आयोजना (ठेक्का) को म्याद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन गरेर ठेक्काको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

ठेक्काको म्याद थपसँगै भुक्तानीका लागि सहजीकरण भएको अर्थमन्त्रालय श्रोतले ग्लोब नेपाललाई बतायो । ठेक्काको म्याद थपिएसँगै सरकारले व्यवसायीको झन्डै ४० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी दायित्व सिर्जना हुने नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ । व्यवसायीले भुक्तानी पाएपछि अर्थतन्त्र थप चलायमान हुने बताइएको छ ।

ठेक्काको म्याद थप नगर्दा झन्डै २ हजारभन्दा बढी आयोजना प्रभावित भइरहेको निर्माण व्यवसायी महासंघले जनाएको छ । सरकारले सार्वजनिक खरिद नियमावली १२ औं संशोधनमार्फत् पनि आयोजनाको म्याद थपेको थियो । तर स्पष्ट नभएकाले कार्यान्वयनमा आउन सकेन ।