नामिबियाका लफ्टी इटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

नामिबियाका लफ्टी इटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

नेपालविरुद्ध हाने ३३ बलमा शतक



काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन् ।

इटनले ३३ बलमा सतक पुरा गरेका हुन् । उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।

निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् । कुशलले ६ चौका र ९ छक्का हानेर शतक पूरा गरेका थिए ।

नेपालका कुशलले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो ।

जारी खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो ।

नामिबियाका लफ्टी इटोनले एक सय १ रन, मलान क्रुगर ५९ रनमा अविजित रहे ।

नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए ।