फाइनल प्रवेशका लागि नेपालले लेवनानसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले लेवनानसँग खेल्दै



काठमाडौं । साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा मंगलबार नेपालले फाइनल प्रवेशका लागि लेवनानसँग खेल्ने छ ।

खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

फिफा वरियतामा आफुभन्दा तल रहेको लेवनान माथि नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । नेपाल फिफा वरियताको १ सय ५ औं स्थान र लेवनान १ सय ३४ औंं स्थानमा छ ।

प्रतियोगितामा नेपाल अपराजित छ । समूह चरणका तीन वटै खेलमा शानदार जित निकालेको हाे ।

पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको नेपालले दोस्रो खेलमा इराकविरुद्ध ५–० को शानदार जित निकालेको थियो । तेस्रो खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले समूह एको उपविजेताको रुपमा लेवनानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपाली फरवार्ड सावित्रा भण्डारी प्रतियोगितामा ८ गोल गरेर सर्वाधिक गोलकर्ताको दौडमा निकै अघि छिन् ।