अपहरणमा परेका बालकको उद्धार, एक महिला पक्राउ

अपहरणमा परेका बालकको उद्धार, एक महिला पक्राउ


ग्लोब नेपाल
108
Shares

जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित डेरा गरी बस्ने रुपेशकुमार झाका छोरा एक वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो ।

गत फागुन १२ गते साँझ घरको वरण्डामा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभादेवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले जानकारी दिए ।

बालक बेपत्ता भएपछि स्थानीयले दिएको जानकारी अनुसार खोजतलास गर्दा उपमहानगरपालिका २४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलको साथबाट बालक फेला पारेको डिएसपी अवालेले बताए । साथै बालक अपहरण गर्ने बिभा मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरी कारबाही प्रक्रिया अघि बढाएको छ ।