नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य



काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिट ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट ४९ रनमा नट आउट रहे ।

स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।