नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित



काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको छ ।

दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल २ रनले पराजित भएको हाे ।

त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।