नामिबियामाथि नेदरल्यान्ड्स ५९ रनले विजयी

नामिबियामाथि नेदरल्यान्ड्स ५९ रनले विजयी



काठमाडौं । नेदरल्यान्ड्ससले नामिबियालाई ५९ रनले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्यान्ड्सले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्यान्ड्सले २४७ रन बनाएको थियो । यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो ।

त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो । नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुदैछ ।