बहराइन विरुद्धको विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

बहराइन विरुद्धको विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टोली घोषणा



काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत मार्च महिनामा बहराइन विरुद्ध दुई खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ ।

नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । प्रारम्भिक टोली ५ नयाँ खेलाडी छन् । जसमा डिफेण्डर अजय चौधरी, एन्जल महर्जन र दीपेन्द्र विक तथा मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ छन् ।

प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की र अभिषेक बराल

डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, एइन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छुन्जु, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरजज्यु ठकुरी र उत्सव राई

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव विष्ट ।