लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्री बर्खास्त

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्री बर्खास्त



दाङ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेकपा (माओबादी केन्द्र) बाट अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन् ।