जसपा तत्काल सरकारमा सहभागी नहुने

जसपा तत्काल सरकारमा सहभागी नहुने



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिनसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए । मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ । 

नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएसँगै मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ ।

बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।