टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले दियो ५ करोड

टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले दियो ५ करोड



काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ ।

आउदो जुनमा आयोजना हुने टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रीकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो ।

नेपाल क्रीकेट संघ (क्यान) ले ऐतिहासिक कदम चालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङलाई धन्यवाद दिएको छ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह डीमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन् ।