हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ



काठमाडौं । नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । नेपाली टोली आज बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्ने छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

बिदाइ कार्यक्रममा कप्तान रोहित पौडेलले भने, ‘यो भ्रमणमा हाम्रा केहि सिनियर खेलाडी छैनन् । युवा खेलाडीलाई महत्त्वपूर्ण अवसर हो । विश्वकप अघि महत्वपूर्ण पनि छ । त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्डसविरुद्द सोचे जस्तो नभए पनि प्रतिस्पर्धा गर्‍यौं ।’

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

नेपाली टोली

कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।