पार्किङ गरिएको स्कुल बसमा आगलागी

पार्किङ गरिएको स्कुल बसमा आगलागी


ग्लोब नेपाल
54
Shares

दाङ । दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ । गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो । गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको बसमा आगलागी भएको छ ।

लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिए । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।

राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दिपककुमार यादवले जानकारी दिए । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।