मधेस केन्द्रीत तीन पार्टीबीच कार्यगत एकताकाे घोषणा

मधेस केन्द्रीत तीन पार्टीबीच कार्यगत एकताकाे घोषणा



काठमाडौं । मधेशकेन्द्रित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ । आइतबार भएको सातबुँदे सहमतिमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ ।

त्यस्तै, सुशासन र समृद्धिको लक्ष्य प्राप्त गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने सहमति गरेका छन् । यससँगै रोजगारी सिर्जना, गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने सहमतिमा उल्लेख छ ।