नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य


ग्लोब नेपाल
270
Shares

हङकङ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपाललका लागि सर्वाधिक ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५९ रनको योगदान दिए । उनले ३९ को सामना गर्दै ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसैगरी अर्का ओपनर विनोद भण्डारीले २७ रनको योगदान दिए । सन्दीप जोराले ५६ जोडे । उनले २६ बलको सामना गरेर ४ छक्का र ३ चौका प्रहार गरेका थिए । लोकेश बम रनआउट हुनुअघि ६ बलमा १४ रन र विवेक यादवले ४ बलमा १९ रन जोड्पछि नेपालको स्कोर १९८ सम्भव भएको हो ।

पपुवा न्युगिनीका लागि असद भालाले २ विकेट लिए भने नोरमान भानुवा, जोन कारिको र नोसानियोले १–१ विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा नेपालले हङकङसँगको खेल बर्षाले रद्द भएपछि अंक बाँडेको थियो । त्यसैले नेपालले आजको खेल जितेमा फाइनलमा स्थान बनाउनेछ ।