कटुवा खोला पुलबाट कार खस्यो, चालक सामान्य घाइते

कटुवा खोला पुलबाट कार खस्यो, चालक सामान्य घाइते


ग्लोब नेपाल
81
Shares

दाङ । दाङको घोराहीस्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको प्रहरीले बताएको छ । कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मापसे गरेर गाडी चलाउदा खसेको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ । घाईते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।