मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको बिदाइ

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको बिदाइ



काठमाडौं । मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ,साैभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट