कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा पनि आगलागी

कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा पनि आगलागी


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

लाइटरसहित खुर्सानी, डाईपर, औषधी लगायतका सामग्री बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको अनुमान गरिएको छ ।

दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । आगो करिव चार बजे नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । यस अघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।