सुनसरीको बर्जुमा आगलागी हुँदा १५ घर जलेर नष्ट

सुनसरीको बर्जुमा आगलागी हुँदा १५ घर जलेर नष्ट


ग्लोब नेपाल
54
Shares

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ मा भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भएका हुन् ।

आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचर, खाद्यान्न, कपडालगायत जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।