सुस्ता हत्याकाण्डः एक महिनापछि हत्यामा संलग्न दुईजना पक्राउ

सुस्ता हत्याकाण्डः एक महिनापछि हत्यामा संलग्न दुईजना पक्राउ


ग्लोब नेपाल
54
Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा सम्लग्न दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्यामा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत फागुन १ गते ६५ वर्षका हजुरबुवा यक्षलाल चमार र ११ वर्षका नाती गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या भएको थियो ।

अनुसन्धानको क्रममा उनिहरुले छिमेकीसँगको रिस पोख्ने क्रममा दुई जनाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिए ।

छिमेकी अन्य व्यक्तिसँग झगडा भएको तर उक्त व्यक्तिमाथि आक्रमण गर्ने उदेश्यले कुरेर बसे पनि ति व्यक्ति नआएपछि, उसैलाई फसाउने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

‘हत्यामा संलग्न भनिएका युवाहरुको छिमेकीसँग समान्य विवाद भएको र उक्त विवाद प्रहरीमा मिलापत्र समेत भइसकेको अवस्थामा बदला लिने उदेश्यले चन्दनले साथी अजयको सहयोग लिएर हत्या गरेको खुलेको छ, प्रहरी उपरिक्षक आचार्यले भने ।’

उनिहरुले झगडा भएका छिमेकीलाई हत्या गर्न कुरेर बसेपनि, ति व्यक्ति नआएपछि उसैमाथि प्रहरीले शंका गर्न सक्ने आँकलन गरेर नजिकै बस्ने हजुरवुवा र नातीको हत्या गरी गाँउमै बसेका थिए ।

नारायणी नदी किनारमा एकान्त स्थानमा रहेको घरमा भएको हत्याका क्रममा संलग्न भएका दुई जना युवाले मादक पर्दाथ र लागुऔषधको सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । दुवैजना माथि अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिए ।