मधेश सरकारबाट बाहिरियाे कांग्रेस, एमाले सहभागी

मधेश सरकारबाट बाहिरियाे कांग्रेस, एमाले सहभागी

सरोज यादवले लिए शपथ



जनकपुरधाम । मधेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएकाे छ भने आजै नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई भित्र्याएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

एमालेलाई तीन मन्त्रालय दिने सहमति बनेको र बाँकी २ मन्त्री पछि पठाउने तयारी भइरहेकाे बताइएकाे छ । यस प्रदेशमा एमालेका २४ सांसद छन् ।

नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको छ भने कांग्रेसलाई सरकारबाट हटाइएको छ ।