पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण



कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट हिजो मिर्गौलाको सफल प्रत्यारोपण गरेको जनाएको छ ।

तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दिएकी थिइन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पतालमा प्रत्यारोपण सेवा शुरु भएको २० महिनापछि पहिलो पटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो ।

अस्पतालका युरो सर्जनद्वय डा. प्रकाश क्षेत्री र डा. अनुप चापागाईं, नेफ्रोलोस्टी डा. जुजुराम श्रेष्ठ र डा. अमृत केसी, जनरल सर्जन डा. डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए ।

यसअघि २०७९ असारमा पहिलो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।