बलात्कारको आरोपमा बाँसगढी नगरपालिका वडाध्यक्ष पक्राउ

बलात्कारको आरोपमा बाँसगढी नगरपालिका वडाध्यक्ष पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रहरीले बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिएका छन ।

युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी पनि उनले जानकारी दिएका छन । उनले भने, ‘जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं ।’ उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिएका छन ।