हुम्लामा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै‌ मृत्यु, ६ घाइते

हुम्लामा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै‌ मृत्यु, ६ घाइते


ग्लोब नेपाल
81
Shares

काठमाडौं । हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिएका छन ।

अदानचुलीको श्रीनगरबाट वडा नम्बर–५, को बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको उनले जानकारी दिएका छन । जीप सडकभन्दा केही तल खसेको पनि उनले जानकारी दिएका छन ।

घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । अहिले घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।