आयरल्याण्डसँग खेल्ने नेपाल ‘ए’को टोली घोषणा

आयरल्याण्डसँग खेल्ने नेपाल ‘ए’को टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा गरेकाे छ । टी-यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी-२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो ।

विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको हो ।

टी-२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।

यस्तै एक दिवसीय खेलका लागि विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री, मौसम ढकाल रहेका छन् ।

यसअघि क्यानले आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि अघिल्लो दुई खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको थियो । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

नेपाल ए ले यही मार्च २८, २९ र ३० मा आयरल्याण्डसँग टी-२० खेल्दैछ भने अप्रिल ३, ५ र ७ एक दिवसीय खेल्नेछ ।

त्यसपछि नेपाली राष्ट्रिय टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो ।